दुई बलिउड चलचित्रहरू प्रदर्शनमा : आमिर र अक्षयको बक्सअफिस भिडन्त

दुई बलिउड चलचित्रहरू प्रदर्शनमा : आमिर र अक्षयको बक्सअफिस भिडन्त

सिनेमा हलमा दुई बलिउड चलचित्रहरू प्रदर्शनमा आएका छन् । बिहीबार दुई चलचित्रहरू एकैसाथ रिलिज गरिएको हो । अर्थात्, बलिउडका दुई ठूला अभिनेता अक्षय कुमार र आमिर खान बक्सअफिसमा भिड्दै छन् ।

अक्षय कुमारको दाजुबहिनीसँगको सम्बन्धमा आधारित पारिवारिक कमेडी ड्रामा ‘रक्षाबन्धन’ रिलिज गरिएको छ । आनन्द एल रायको निर्देशन रहेको चलचित्रमा अक्षयसँगै भूमि पेडनेकर र साडिया खातीबक मुख्य भूमिका छ । चलचित्र एक घण्टा ४८ मिनेटको छ ।

आजैदेखि आमिर खानको बहुप्रतीक्षित चलचित्र ‘लाल सिंह चड्डा’ प्रदर्शनमा आएको छ । अदवेत चन्दनको निर्देशन रहेको यो हलिउड क्लासिक चलचित्र ‘फरेस्ट गम्प’को हिन्दी भर्सन हो ।

चलचित्रमा अभिनेता आमिरसँगै करिना कपुर खान, नागा चैतन्य र अकिनेनी नागार्जुनको मुख्य भूमिका छ । आमिर यस चलचित्रमार्फत चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् ।

फेमिली कमेडी ड्रामा ‘लाल सिंह चड्डा’ दुई घण्टा ३९ मिनेटको छ ।

यही साउन १३ गते रिलिज भएको ‘पानफोटो’बाहेक आज कुनै पनि नयाँ नेपाली चलचित्र रिलिज भएको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्