गृह मन्त्रालयद्वारा मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह

<span class='c1'>गृह मन्त्रालयद्वारा मिटरब्याजी पीडितहरूलाई</span> <span class='c2'>उजुरी दर्ता गर्न आग्रह</span>

गृह मन्त्रालयले मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ ।

मन्त्रालयले  मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न मिटर ब्याजपीडितहरूलाई  आग्रह गरेको हो ।

मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भएको थियो ।

देशैभरी मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी  मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ-आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा भदौ ५ भित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्न आग्रह गरिएको डा. भीष्मकुमार भूसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्