लहानमा जंगलबाट आएका हात्तीले ७ वटा घर भत्काए

<span class='c1'>लहानमा जंगलबाट आएका हात्तीले</span> <span class='c2'>७ वटा घर भत्काए</span>

गएराती जंगलबाट भागेर आएका दुई वटा हात्तीले लहान नगरपालिका १५ सिसवनी र मोहनपुर गाउँका ७ घर भत्काएका छन्। माटोले लेपेको र फुसको छानो भएका घरहरु भत्काएका हुन्।

स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवका घर भत्काएका वडाअध्यक्ष तेजनारायण चौधरीले जानकारी गराए । उनका अनुसार जंगलबाट आएका हात्तीले अन्नबाली पनि खाएका छन् । राती नै स्थानीयहरुले आगो बालेरहात्तीलाई गाउँबाट भगाएका छन् ।

वर्षातमा घर भत्काएपछि उनीहरुलाई समस्या भएको छ । स्थानीयवासीबाट जानकारी पाएलगतै  मेयर महेश चौधरी गाउँ पुगेका थिए । पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने उनले बताए । फुसको घर भत्केकोलाई जस्तापाता र त्रिपाल दिने मेयर चौधरीले जानकारी दिए । २५ किलो चामललगायत नुन, तेल, दाल पनि राहतमा दिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्