पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ सय ५५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

४ हजार ८ सय २९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप १३ हजार ३ सय २८ जनाले लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्