खप्तड लघुवित्तले आउँदो भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

खप्तड लघुवित्तले आउँदो भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले १०० रुपैयाँअंकित मूल्यका एक करोड ३२ लाख रुपैयाँबराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको लागेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल सेयरमध्ये दुई हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहेको एक लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म मागबमोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणलाई निष्कासन गरिने सेयरका लागि कम्पनीलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व प्ररा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

वास्तविक वित्तीय विवरण २०७७/७८ अनुसार कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँ नौ पैसा छ । प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ नौ पैसा छ ।

उक्त अवधिसम्म कम्पनी २९ करोड नौ रुपैयाँ लाख सञ्चित नाफामा छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्स)बाट दोस्रो बजारमा करोबारका लागि १०१ रुपैयाँ नौ पैसादेखि ३०३ रुपैयाँ २७ पैसा मूल्य रेन्ज पाउने देखिन्छ । कुनै पनि कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले वास्तविक प्रतिसेयर आम्दानीको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्