नेपाल टेलिकमको खुद नाफामा १८% को वृद्धि

नेपाल टेलिकमको खुद नाफामा १८% को वृद्धि

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चौथो त्रैमासमा रु.८.३८ अर्ब खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा १७.५४ले बढी रहेको छ। खुद नाफा बढे पनि शेयर संख्या बढेकाले कम्पनीको प्रति शेयर आम्दानी भने रु.४७.५३ बाट घटेर रु.४६.५६ कायम हुन आएको छ।

ग्राहकलाई दिएको सेवा वापत आयमा ५.४४% को वृद्धि तथा कुल राजस्व आयमा ५% को वृद्धि आएको कारणहरुले गर्दा खुद नाफा बढेको हो।

रु.१८ अर्ब चुक्ता पूंजी रहेको टेलिकमको जगेडा तथा कोष ३.१९% ले बढेर रु.७७.०६ अर्ब पुगेको छ। यस्तै, कम्पनीको कुल शेयरधनीकोष पनि बढेर रु.९५.०६ अर्ब कायम भएको छ। कम्पनीको प्रति शेयर किताबी मुल्य भने रु.५९७.८८ बाट घटेर रु.५२८.१३ कायम हुन आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्