विराटनगरको मेरिगोल्ड स्कुलका शिक्षकद्धारा विद्यार्थी माथी निर्धात कुटपिट

विराटनगरको मेरिगोल्ड स्कुलका शिक्षकद्धारा विद्यार्थी माथी निर्धात कुटपिट

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ६ सरोचिया लाईनमा रहेको मेरीगोल्ड स्कुलका शिक्षकद्धारा एक विद्यार्थी माथी निर्धात कुटपिट भएको छ ।

कक्षा ६ मा अध्ययनरत १४ बर्षिय गोविन्द साहलाई विज्ञान संकाय पढाउने विकास मण्डलले शरिरका विभिन्न भागहरु कुटपिट गरी घाईते बनाएका छन् ।

शिक्षक मण्डलले कक्षा कोठामा कपि हेर्न खोज्दा कपिको कभर च्यातिएको देखेपछि किन च्यातेको भनेर सोध्दा मुसाले काटेको भनेर जवाफ दिँदा आफु माथि पाईपले हिर्काएको घाईते विद्यार्थीले आवर विराटनगरलाई बताए ।

विद्यार्थीको पछाडीको तिग्रा, ढाँड र हातको कुमहरुमा पाईपले कुटेको निलडाम अझै पनि ताजा देखिन्छ । विद्यार्थीका बुबा सन्तोष साहका अनुसार छोरालाई यस अघि पनि सोही शिक्षक मण्डलले बारम्बार पिट्ने गरेको आवर विराटनगरलाई बताए । छोरा स्कुलबाट रुदै आयो मण्डलले भने,‘ छोरालाई के भयो भनेर सोधे, कपि च्यातिएको विषयमा शिक्षकले कुटपिट गरेका रहेछन् । छोरोलाई यस अघि पनि कुटपिट गरिरहने मण्डलले बताए । यो विषयमा स्कुल प्रसासनले भने खासै चासो नलिएको दुखेसो पोखे ।

शिक्षा ऐन अनुसार कुनै पनि विद्यालयका शिक्षक शिक्षिकाले विद्यार्थीमाथी कुटपिट गर्न पाईदैन । तर पछिल्लो समय विद्यार्थी माथी कुटपिटका घटनाहरु भने बारम्बार दोहोरिहेका छन् । यता स्कुल संचालक अनुप गुरुङले अनुसार कुटपिट गर्ने शिक्षकको आज परिक्षा भएका कारण स्कुलमा अनुपस्थित छन् । शिक्षक स्कुल आएपछि विद्यार्थीका अभिभावक सहित स्कुल प्रशासन बसेर छलफल गरिने गुरुङले आवर विराटनगरलाई जानकारी दिए ।

उता हिजै मात्रै मोरङको उर्लाबारी-३ स्थित सनसाईन अंग्रेजी बोर्डिङ स्कुलमा अंग्रेजी बिषयको पढाई भईरहेको बेला नेपाली बोलेको भन्दै एक छात्रमाथि निर्घात कुटपिट भएको घटना बाहिर आएको छ ।

विद्यालय भनेको शैक्षिक थलो हो, याताना थलो हैन भनेर आवाज उठिरहेको बेला कक्षा—१० मा अध्ययनरत पर्वत रिजाललाई निलडाम हुने शिक्षक नबिन राईले कुटपिट गरेको घटना बाहिर आएको हो । यस अघि विराटनगरका २ वटा स्कुलले पनि विद्यार्थीहरुलाई निर्धात कुटपिट गरेको भिडियो सहितको समाचार प्रशारण गरिसकेको छौँ ।

यो पनि पढ्नुहोस् : https://ourbiratnagar.net/2020/02/111131

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्