पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८ सय ५२ जनामा कोरोना संक्रमित थपिएका छन् ।

६ हजार ३ सय ८३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप १ लाख ८९ हजार ७ सय ६७ जनाले लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्