पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ सय ४२ जनामा कोरोना संक्रमित थपिएका छन् ।

४ हजार ९ सय ३० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप ९७ हजार ६ सय ५७ जनाले लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ६५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्