कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर, सञ्चारमाध्यममा आएका हल्ला अनावश्यक

<span class='c1'>कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था</span> <span class='c2'>स्थिर, सञ्चारमाध्यममा आएका हल्ला अनावश्यक</span>

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको परिवारले जनाएको छ ।

अहिले पनि स्वास्थ्य अवस्था स्थिर रहेको बताउँदै केही सञ्चारमाध्यममा आएका हल्ला अनावश्यक भएको टिप्पणी परिवारको छ  ।
भारती सिलवाल गिरिले पनि प्रदीप गिरिलाई अर्कै संसारमा देख्न चाहने केही मान्छेहरु देख्दा आफूलाई वास्तवमै दुःख लागेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, “प्रदीप गिरिलाई अर्कै संसारमा देख्न चाहने केही मान्छेहरू देख्दा मलाई वास्तवमै दु:ख लागेको छ । म र परिवारलाई कुनै सोधपुछ नै नगरी उनीहरूले प्रदीप गिरिको मृत्युको फेक समाचार फैलाइरहेका छन् । श्रद्धाञ्जली प्रकाशित गर्न दूरदर्शी पहल गर्ने उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु । र, त्यस्ता निर्मम जोकहरू गरेर अल्झिनुभन्दा त्यस्तै दूरदर्शी भावना देश समृद्ध बनाउनमा केन्द्रित गरून् भन्ने कामना गर्दछु ।”
गिरि क्यान्सरको उपचार गराएर भारतबाट फर्किएपछि निमोनिया देखिएको थियो ।

उनको अहिले ललितपुरको मेटिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक सञ्जालमा कांग्रेसका नेता तथा कार्यकर्ताले गिरिको स्वास्थ्यलाभको कामना गरेका छन् । उनका शुभचिन्तकहरुले पनि गिरिको स्वास्थ्यलाभको कामना सामाजिक सञ्जालमार्फत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्