सुस्तायो घरजग्गा कारोबार, घरजग्गा धितो कर्जामा राष्ट्र बैंकको कडाइ कारण

<span class='c1'>सुस्तायो घरजग्गा कारोबार, घरजग्गा धितो</span> <span class='c2'>कर्जामा राष्ट्र बैंकको कडाइ कारण</span>

साउन महिनामा घरजग्गा कारोबार सुस्ताएको पाइएको छ । घरजग्गा धितो कर्जामा राष्ट्र बैंकले कडाइ गरेसँगै साउन महिनामा घरजग्गा कारोबार सुस्ताएको हो ।

भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा ८ हजार ७८५ कित्ताकाट भएका छन् । गत आवको साउन महिनामा ७३ हजार १५९ वटा जग्गा कित्ताकाट भएको तथ्यांकले देखाउँछ । कित्ताकाटसँगै राजश्व असुलीमा पनि सरकारलाई धक्का लागेको छ । यस्तै, साउन महिनामा कुल ३३ हजार ८३४ मा घरजग्गा किनबेच भएको छ ।

साउन महिनामा सरकारले २ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ मात्रै राजश्व संक्लन गरेको छ । जबकी गत आर्थिक वर्षको साउनमा सरकारले ८ अर्ब १० करोड ३६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

सरकारले कृषि, आवासीय, वनलगायत विभिन्न क्षेत्रको जग्गाको वर्गीकरण नगरी कारोबार गर्न नपाउने व्यवस्था गरेको छ भने नेपाल राष्ट बैंकले काठमाडौं उपत्यकामा कुल मूल्यांकंनको ३० प्रतिशत र काठमाडौं बाहिर कुल मुल्यांकनको ४० प्रतिशत मात्रै कर्जा कर्जा पाइने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्