अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
१०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा बसेको छ । १:१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावसहित साधारणसभा बसेको हो । साउन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
अपर तामाकोशीको सेयर मूल्य ५ सय नजिक छ । तामाकोशीको १० करोड ५९ लाख किता सेयर नेप्सेमा सूचीकृत छ । ५२ अर्ब भन्दा बढी बजार पुँजीकरण यही कम्पनीको सेयरको मात्र छ ।