आज नेपाल बन्द : कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला, प्रेसर कुकर बम भएको आशंका

आज नेपाल बन्द :  कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला, प्रेसर कुकर बम भएको आशंका

कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका डीआईजी मोहन आचार्यका अनुसार जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलस्थित ६ लेन सडकखण्ड र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

“तर्साउनका लागि शंकास्पद बस्तु राखिएको पाइएको छ । हामीले डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिसकेका छौं,” डीआईजी आचार्यले भने, “अहिले अवस्था सामान्य छ ।”

कपडामा बेरेको अवस्थामा राखिएको शंकास्पद बस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ ।

आज नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले शंकास्पद वस्तु राखेको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्