काठमाडौं उपत्यकामा सवारी साधन तोडफोड गर्न खोज्ने १९ बन्दकर्ता पक्राउ

काठमाडौं उपत्यकामा सवारी साधन तोडफोड गर्न खोज्ने १९ बन्दकर्ता पक्राउ

काठमाडौं उपत्यकामा सवारी साधन तोडफोड गर्न खोज्ने १९ बन्दकर्ता पक्राउ परेका छन् ।

काठमाडौंबाट १८ जना र ललितपुरबाट एकजना बन्दकर्ता पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

उनका अनुसार उपत्यकामा बन्दको प्रभाव सामान्य छ । कैलालीलगायत केही क्षेत्रमा शंकास्पद वस्तु फेला परेका छन् ।

प्रवक्ता राईका अनुसार उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सवारी साधनहरू आवागमनमा केही असर परेको प्रहरीले जनाएको छ । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको छ । बन्द सफल बनाउन नेकपाका कार्यकर्ता ठाउँ–ठाउँमा सवारी आवगमन अवरोधमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्