जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान भाद्र १० गते धरानमा, प्रचण्ड पनि सहभागी हुने

जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान भाद्र १० गते धरानमा, प्रचण्ड पनि सहभागी हुने

धरानमा जन्मिएका नेपालको प्रगतिवादी साँस्कृतिक आन्दोलनका एक अविश्रान्त योद्धा जनवादी गायन क्षेत्रका शिखर व्यक्तित्व जेवी टुहुरेको प्रथम स्मृति दिवसको अवसरमा “जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान –२०७९”   यही भाद्र १० गते दिउसो ३ बजे  धरानमा हुने  भएकोछ ।

'आमा दिदी बहिनी हो ...' बोलको गीत गाएर समाजमा भएका लैङ्गिक भेदभावको उजागर गर्नुभएका गायक टुहुरे   वर्गीय मूक्ति आन्दोलनका गीतहरुलाई नयाँ पुस्ता माझ परिचित गराई उहाको  साँस्कृतिक योगदानबारे अझ बढी परिचित गराउने   उद्देश्यले  स्मृति सन्ध्या गर्न लागिएको  जेवी टुहुरे फाउन्डेसनका सदस्य राजेश थापाले जानकारी दिए । कार्यक्रममा नेपालका डेढ  दर्जन भन्दा बढी स्थानिय तथा   चर्चित गायक गायिका र हास्यकलाकारहरुको उपस्थित रहने आयोजकले जनाएको छ ।

धरानको मुख्य चोक भानुचौकको खुल्ला मन्चमा आयोजना हुन लागेको कार्यक्रममा  वरिष्ठ गायक दीप श्रेष्ठ, गायक तथा सङ्गीतकार चेतन सापकोटा, र हास्य कलाकार सुबोध गौतम , शम्भु राई, नन्दकृष्ण जोशी, जीवन शर्मा, भीषण मुकारुङ, बाबु बोगटी, प्राश्ना शाक्य, हर्सु राई , रुपक डोटेल ,सविन लिम्बु , आकाश थापा ,साजन राई दुर्गा परियार ,सञ्जय तुम्रोक , प्रशान्त शर्मा ,प्रदेश लिम्बु, जितेन्द्र चौधरी ,गंगा राई , कृष्ण राजा श्रेष्ठ  लगायतको प्रस्तुती रहनेछ ।

टुहुरेका यस अघि  ०२७ साल, ०५६ साल, र ०७६ सालमा काठमाडौमा एकल साझ सम्पन्न भएको थियो । त्यस्तै ०३३ सालमा धरानमा, ०७६ असोजमा विराटनगरमा, ०७६ माघमा सर्लाहीमा एकल साँझ भएको खडगी समाज धरानका अध्यक्ष मनिष खडगीले जानकारी दिए ।

कार्यक्रममा  नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड) , प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई लगायत बिभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहने जेवी टुहुरे फाउन्देशनकि अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्