यू–२० एसिया कप छनोटका लागि प्रारम्भिक चरणमा २५ खेलाडी छनोट

<span class='c1'>यू–२० एसिया कप छनोटका लागि</span> <span class='c2'>प्रारम्भिक चरणमा २५ खेलाडी छनोट</span>

काठमाडौं । यु–२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले एसिया कप छनोटका लागि प्रारम्भिक टिमको घोषणा गरेका छन् ।

एसिया कप छनोटका लागि एन्फा कम्प्लेक्समा तयारी गरिरहेका यु–२० टिममा केसीले बुधवार २५ खेलाडीलाई प्रारम्भिक चरणमा प्रशिक्षणका लागि डाकेका हुन । एसिया कप छनोटमा नेपालले पहिलो खेल भुटानसँग सेप्टेम्बर १० मा खेल्नेछ । भने दोस्रो खेल सेप्टेम्बर १२ मा कतारविरुद्ध, तेस्रो खेलमा सेप्टेम्बर १४मा आयोजक बहराइन र चौथो खेलमा बंगलादेशसँग सेप्टेम्बर १८ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रारम्भिक चरणमा छनोट भएका खेलाडीहरू

गोलकिपर: इश्वर गुरुङ, युनेस चौधरी, जियारात सेख, तोप बहादुर राना

डिफेन्डर: अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन दानी, अभिषेक वाइबा, जान तामिल, शेखर खवास, स्यान्सु भुसाल, राज ठोकर
मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जनमाजय धामी, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा, सन्जिव लामा

फरवार्ड: निरन्जन मल्ल, रोहन अड्गी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्