हाइड्रोमा कार्यरत मजदुरको दुई हप्तापछि शव फेला

<span class='c1'>हाइड्रोमा कार्यरत मजदुरको दुई</span> <span class='c2'>हप्तापछि शव फेला</span>

चरीकोट । दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा बेपत्ता एक युवकको शव दुई सातापछि फेला परेको छ ।

माथिल्लो तामाकोसी जलविद्युुत् आयोजनाको ड्याममा साउन २३ गते खसेर बेपत्ता भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का २८ वर्षीय रमेश बस्नेतको शव आज फेला परेको दोलखाको प्रहरी निरीक्षक सानु तामाङले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव आज जलविद्युत् आयोजनाको ड्याममा फेला परेको थियो ।

यसअघि काठमाडौँबाट आएको गोताखोरसहितको टोलीले खोजी गर्दा शव फेला पर्न सकेको थिएन । सुरक्षाकर्मीको टोलीले विज्ञसहित निरन्तर खोजी गरिरहेको थियो । लामो समयसम्म पनि शव फेला नपरेपछि जलविद्युुत् आयोजना र पीडितपक्षका बीचमा सहमति भइसकेको छ । मृतक लामाबगरस्थित दुगड हाइड्रो पावरको स्काभेटर मर्मत गरी डुङ्गामा फर्किने क्रममा तामाकोसी आयोजनाको बाँधमा खसेर बेपत्ता भएका थिए । फेला परेको शव परीक्षणपछि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्