सामसङकाे टिभी नेपालमै उत्पादन हुने

<span class='c1'>सामसङकाे टिभी नेपालमै</span> <span class='c2'>उत्पादन हुने</span>

नवलपरासी । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपालमाविगत धेरै वर्षदेखिको साझेदारहिम इलेक्ट्रोनिक्ससंगको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा बन्ने सामसङ टिभीको फ्याक्ट्री बुधबार शिलान्यास भएको छ ।

बुधबार नवलपारासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले फ्याक्ट्रीको शिलान्यास गरे । फ्याक्ट्री सन् २०२३ मै सञ्चालनमा ल्याउने नेपाली साझेदार एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

फ्याक्ट्रीको क्षमता दैनिक एक हजार टिभी उत्पादन गर्ने हुनेछ । सामसङ दक्षिण कोरियाको प्रविधिकको सुपरभिजनमा सञ्चालनमा आउने फ्याक्ट्रीमा १ सय ५० जनाले तत्काल प्रत्यक्ष रोजगारी पाउने छन् ।

केही दिनमै उद्योगको फिटङ सुरु हुने नेपाली लगानीकर्ता एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष गोल्छाले बताए । सोही समारोहलाई सम्बोधन गर्दै गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्धनिर्देशक शेखर गोल्छाले भने “यो नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुने छ। कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससंगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्वबजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ । यो हाम्रो सामसङसंगको २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो ।”

समारोहलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङले भने “हाम्रो लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससंग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनताप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरु प्रति उपभोक्ताहरुले देखाउनु भएको बढ्दो विश्वास एवं मायाको प्रतिक हो । हामी नेपाल सरकार र स्थानीयनिकायहरुलाई उहाँहरुले दिनु भएको साथ सहयोगको लागि आभार व्यक्त गरे ।”

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष एचके पार्कसामसङ लगायतको उपस्थिति रहेको थियो ।

कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्