लोपन्मुख अजिङगरको उद्धार

लोपन्मुख अजिङगरको उद्धार

राजविराज । सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामामा फेला परेको ठूलो खालको अजिङगरलाई आज उद्धार गरिएको छ ।

स्थानीय डम्बरखडगा यादवको फुसको घरकोमाथि चारमा रहेको उक्त अजिङगरलाई उद्धार गरिएको हो । सबडिभिज वन कार्यालयबाट गएको टोलीले अन्दाजी छ÷सात फिट लामो लोपोन्मुख अजिङगरलाई उद्धार गरिएको वन कार्यालयका प्रमुख रामदेव चौधरीले जनाकारी दिनुभयो । करिब १० केजीको उक्त अजिङगरलाई उद्धार गरी कोसी टप्पु वन्यजन्तु आरक्षणस्थित कोसी नदीको पानीमा छाडिएको उहाँले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय गाउँले पनि उद्धारमा खटिएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्