भारतबाट गहुँ तस्करी, चालकसहित ४ लाख बढीको एक ट्रक गहुँ बरामद

भारतबाट गहुँ तस्करी, चालकसहित ४ लाख बढीको एक ट्रक गहुँ बरामद

विराटनगर । भारतबाट अवैध रूपमा तस्करी गरेर ल्याएको गहुँ सशस्त्र प्रहरीले बरामद गरेको छ । मोरङको सुनवर्षी नगरपालिकाको दक्षिणी सीमावर्ती क्षेत्रबाट गहुँको तस्करी भएर ल्याएको ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले भारतबाट तस्करी भएर आएको ठुलो परिमाणमा गहुँ बिहीबार राती बरामद गरेको छ । रतुवा माई नगरपालिका – १ हटिया डाँडामा नेपाल भारत सीमा क्षेत्र सिनापुरबाट हटिया डाँडातर्फ आउँदै गरेको को १ ख ४२२१ नम्बरको ट्रकमा लोड भएको १२० बोरा १० हजार ५० केजी गहुँ सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) बरंगाबाट खटिएको प्रहरीले बरामद गरेको हो ।सशस्त्र प्रहरीले बरामद गरेको गहुँ ४ लाख ७२ हजार ५ सय बराबरको रहेको छ ।
तस्करीको गहुँ लोड गरी ल्याउने ट्रकको सवारी चालक सुनवर्षि नगरपालिका ४ का ४८ वर्षीय इन्द्रदेव राजवंशीलाई पनि पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । भारतबाट निर्यातमा प्रतिबन्ध लगाएको गहुँ अवैध रूपमा नेपाल ल्याएको पाइएपछि नियन्त्रणमा लिएको एसपी लामिछानेले बताए ।


सशस्त्र प्रहरीले बरामद गरेको गहुँ धनी खुली नसकेको प्रहरीले जनाएको छ । बरामद गरेका गहुँ र ट्रकको १५ लाख गरी १९ लाख ७२ हजार ५ सय रुपैयाँ मुल्याकन गरी आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्