नेपाली कथानक चलचित्र ‘प्रकाश’ र ‘राधा’ आजबाट प्रदर्शनमा

नेपाली कथानक चलचित्र ‘प्रकाश’ र ‘राधा’ आजबाट प्रदर्शनमा

नेपाली कथानक चलचित्र ‘प्रकाश’ र ‘राधा’ आजबाट प्रदर्शनमा आएका छन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ एकैदिन रिलिज भएका हुन् ।

यी दुबै चलचित्र बक्सअफिसमा अपेक्षा गरिएका सिनेमा हुन् ।दुवै चलचित्रले प्रिमियर सोमा राम्रो प्रतिक्रिया पाएका छन् । ‘प्रकाश’मा मुख्य पात्र प्रदीप खड्का छन् । जो नेपाली चलचित्र उद्योगमा कमर्सियल चलचित्रमा मात्रै अभिनय गर्दै आएका कलाकार हुन् । तर, यो चलचित्रमा भने उनी चरित्र अभिनयमा होमिएका छन् ।

यता, ‘राधा’मा मुख्य पात्रमा पूर्वमिस नेपालसमेत रहेकी नायिका श्रृष्टि श्रेष्ठ छिन् । श्रृष्टिसँगै यो चलचित्रमा स्टार कलाकारको भिड छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, मेनुका प्रधान, बुद्दि तामाङलगायत छन् ।

प्रकाशमा भने प्रदीपका अलावा मुख्य पात्रमा दीया मास्के र रेणु योगी छन् । रेणुका लागि ‘प्रकाश’ डेब्यु मुभी हो ।

‘प्रेम गीत’ सिरिजबाट स्टार बनेका प्रदीपको युवा पंक्तिमा लोभलाग्दो क्रेज ‘प्रकाश’का लागि मेरिट हो । ‘राधा’का लागि अहिले अभिनयका हिसावले चलेका अधिकांश कलाकार हुनु प्लस पोइन्ट छ ।

‘प्रकाश’ले आक्रामक प्रचार गरेको छ । तर, रिलिजको पूर्वसन्ध्यामा चिनिया फिल्म फेष्टिभलमा ‘राधा’ प्रदर्शन हुनु उसका लागि सुखद पक्ष हो । चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुने ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल, २०२२’ मा ‘राधा’ प्रदर्शनका लागि छनोट भएको छ ।

यता, ‘प्रकाश’ले रिलिज पूर्वनै अन्तर्राष्ट्रिय बजारको राइट्स र डिजिटल राइट्सबाट लगानीको ७५ प्रतिशत उठाइसकेको छ ।

अपेक्षित चलचित्र एकैदिन बजारमा आउँदा कसले कति सो पाउँछन्, त्यसले पनि बक्स अफिस केही हदसम्म निर्धारण गर्छ । तर, यी दुबै चलचित्रले अपेक्षित सो पाएका छैनन् । बलिउडबाट ‘लाइगर’ आएपछि यी चलचित्र सीमित सिटमा खुम्चिएका छन् । ‘लाइगर’ बिहीबारबाटै रिलिज भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्