सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा विशेष छुट दिने

सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा विशेष छुट दिने

सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा विशेष छुट दिने भएको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामाहोटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइक फार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) बाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस्तै कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ । यो योजना ११ भदौ २०७९ एक दिन मात्र लागू हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्