तीजको महत्व र बढ्दो विकृति

तीजको महत्व र बढ्दो विकृति

हिन्दु महिलाहरुको महान् चाड हरितालिकाले सहर(बजार मात्र होइन, गाउँघरमा समेत छोपिसकेको छ । नेपाली महिलाहरु आफ्नो स्वास्थ्य एवं श्रीमानको दीर्घायुको कामनाका साथ व्रत बसेर मनाउने प्रचलन रहि आएको छ । यद्यपी समयसँगै संस्कार र संस्कृतिमा पनि निकै फेरबदल देखा पर्न थालेको पाइन्छ । अझ हिजोआज त शहरी क्षेत्रमा तीज आउनु भन्दा केहि दिन अघि देखिनै उत्ताउलो, भड्किलो पारामा तीज मनाइन थालेको देखिन्छ । यसको मौलिकता हराउन थालेको कुरामा धेरैको सहमति पाइन्छ ।

हरितालिका तीजको पुृष्ठभूमि हिन्दु पौराणीक कथा हो । परी पार्वती पर्वत राजा देवताकी छोरी थिइन् । उनै छोरी पार्वतीलाई बुवा पर्वत राजाले देवता विष्णुसँग बिहे गरिदिने निधो गरे । उनलाई मन नपरेको कारण उनले अस्वीकार गरिन् । कारण के थियो भने महादेवलाई पति बनाउने ठूलो इच्छा रहेछ । यसर्थ, पार्वतीले शिव नपाई विष्णुसँग बिहे गर्नु भन्दा आत्महत्या गर्न तयार भइन् । कथामा उल्लेख गरिए अनुरुप पार्वतीलाई आत्महत्याबाट बचाउनका लागि साथीहरुले एक गोप्य ठाउँमा लगेर लुकाए । बुवा पर्वतराज भने विवाह भड्किएको र छोरी हराएको पीडाले शोकाकुल हुँदै जंगल–जंगल खोज्दै हिँडे । छोरी भने गोप्य साथीहरुसँग त्यही वनमा बसेर भाद्र शुल्क तृतीयाको दिन व्रत–उपवास गरी आफ्नो कामनाको अभीष्ट पूरा गरिन्, किनकी बुवाले महादेव शकरस“ग बिहे गरेर छोरीको इच्छा पूरा गरिदिए । परी पार्वतीले यसरी भाद्र शुल्कशुल्क तृतीयाको दिन व्रत बसी आफ्नो विवाहको लक्ष्य प्राप्त गरेको उपलक्ष्यमा खुसीयालीका साथ भजन, कीर्तन र गीतसंगीतपूर्ण मनोरञ्जन गरिएको थियो । यही परम्पराले निर्देशित तीज हिन्दु महिलाहरुमा कायम रहँदै आएको छ । भलै, हालसम्म आईपुग्दा यो पर्व मनाउने शैली क्रमश बदलिदै गएको छ भन्दा फरक नपर्ला ।

तीज पर्व सामान्य हर्षोल्लासको निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ । यसो भनिरहदा हाम्रा अधिक चाडहरु पनि यिनै महत्वले ओतप्रोत छन् । सामाजिक सद्धभाव, मेलमिलाप एवं समाजका अधिकारलाई उजागर गर्ने पर्वको रुपमा परापुर्वककालदेखि यो चाड मनाइदै आएको छ । स्वयं माता पार्वतीले पनि नारी जातीको अनुकुलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसैर्गिक अधिकारलाई व्यवहारिक रुपमा स्थापित गराउन तपस्या(व्रत) बसेर आफु अनुकुल वर छानि व्यवहारिक रुपमा समाजमा स्थापित गरेको देखिन्छ । यस अर्थमा हामी माता पार्वतीलाई नारी जातीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रुपमा लिने सक्छौं । यो चाडले सांस्कृतिक रितिरीवाज परम्परा एंव गीत संगीत अनि भेषभुषालाई संरक्षण र संबद्र्धन गर्दै आएको छ । हालसम्म आईपुग्दा संसारभरि छरिएर रहेका नेपालीहरु मार्फत तीजको माध्यमबाट साँस्कृतिक पहिचान गराउने काम भईरहेका छ । तर
समय परिवर्तनशील र गतिशील छ । समयको परिवर्तनशीलता र गतीशीलता संगसंगै मानव समाज र सभ्यताहरुको परिवर्तन हुंदै आएका छन् । समयको गती संगै भएका सकारात्मक एंव श्रृजनशील परिवर्तनहरुले समाज र सभ्यतालाई वैभवता प्रदान गर्दै बिकासको उचाईमा पुयाएका छन् । समयको बदलिदो प्रवाह संगसंगै नकमरात्कम र अश्रृजनशील परिवर्तनहरुले समाज र सभ्यताहरुलाई बदनाम गर्दै बिनाशको बिन्दुसम्म पुयाएका छन् ।

तीज पर्व समयको परिवर्तित चक्र संगसंगै परिवर्तन हुँदै आएको छ र समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आचँ नआउने गरि परिवर्तन हुन आवश्यक छ । हिजोका दिनमा माईती घर,ब्रत,पूजा,पधेरो, चौंतारो अनि मठ–मन्दिरहरुका सिमित हुने पर्व आज शहर,बजार,बस्ती,ब्यावसाय, विधुद्तीय संञ्चार माध्यम लगायत सामाजिक सञ्जालहरु हुंदै यसले ब्यापकता लिएको छ । हिजो डम्फु,मादल,थपडी र मुर्चुङ्गामा गाईने तीजका भाकाहरु आज सुब्यबस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन् । एक प्रकारले तीज पर्वको माध्याबाट समाजले सांस्कृतिक उपलब्धि हांसिल गरेको छ भन्दा अतिशयोक्ति नहोला । यी सकारात्मक पक्ष हुन ।

तर बिगतका केहि वर्षहरु देखि आधुनिकताको नाममा र परिर्वतनको बहानामा अनि सस्तो लोकप्रीयता,सजिलो आय आर्जनको लोभमा,अरुको देखासीखी तीज जस्तो पवित्र पर्वलाई बिकृति,बिसंगति र यौन स्व्च्छन्दताको शिकार बनाईदै छ । पोईला जान पाम डिस्कोमा तीज,छोटा लुगा हुदै अगाडी बढेको तीज गीतको आधुनिक यात्राले यसपालीको तीजमा के हुन्छ बिहेको राती..,तीजमा दरको साटो रक्सी खाइन्छ..,देखियो जामा फाटेको लगायतका गीतहरु टन्डिङमा पर्ने गरेका छन् । थाहा छैन् यो आधुनिकताको स्वच्छन्द गतीले कुन उचाई छुने हो ? यस्ता उच्छंखल र छाडा गीत,संगीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रीयता र सहज आर्जन गराए पनि हाम्रो वैभवशाली संस्कार,संस्कृति एंव परम्परा लाई फइदा भने पटक्कै पुग्ने छैन् ।

आफ्नो मौलिक आधार त्यागेर नक्कली संस्कारमा तीजलाई डुबाएको छ । कस्मेटिक प्रयोगको पराकाष्ठ नै तीजभरी देख्न सकिन्छ । यस्तै विकृति र विसंगतिकै क्रममा तीज नारी वा पुरुष कस्को हो छुट्याउन समेत कठिन हुँदै आइरहेको छ ।
महिला तीज त कलाकारहरु, संञ्चार मिडिया, एजेन्सीहरु, धनाढ्य वर्गहरुको ठेक्का हो की भन्न सकिने अवस्था छ । तीज वास्तविकता बाट हराएर बाह्य खोक्रो पर्वका रुपमा रुपान्तरित भएको छ । पुर्खौली तीज नभएर, आयतित तीज मनाइएको छ । हिन्दु संस्कृति मात्र होइन, पश्चिमा संस्कृतिले तीज बिरुपिएको छ । अब यदि तीजलाई आफ्नै संस्कृति, मूल्यमान्यता र धरातलीय आधारमा मनाउने हो भने र हिन्दु नारीहरुको साझा पहिचान कायम गराउने हो भने फेरि सबै सचेत हुनै पर्छ । चुलिएको विकृति र विसंगति विरुद्ध लाग्नैपर्छ । सबैलाई सचेत बनाउदै तीजको मर्म र भावनाप्रति जागरुक हुनैपर्छ । यस्ता विकृतिजन्य चुनौतीको सामना सबैले गर्नु परिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्