कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह

<span class='c1'>कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष</span> <span class='c2'>हुन्छ : नेता सिंह</span>

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताउनुभएको छ ।

नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आज आयोजित माल्यार्पण कार्यक्रममा उहाँले भन्नुभयो, “हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा भएको विगत साक्षी छ, आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको छ, कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ भन्ने आम मान्यता रहँदै आएको छ ।”

मुलुकमा निर्वाचनको माहोल सुरु भइसकेको उहाँले बताउनुभयो । अहिलेको सरकार बन्नुअघिको सरकारले ऐन कानुन नबनाइदिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनुपर्ने परिस्थिति बनेको उहाँले धारणा राख्नुभयो । उहाँले अब निर्वाचनपछि यी सबै समस्याको समाधान हुने बताउनुभयो ।

उहाँले मुलुकमा राजनीतिक दुर्घटना हुनबाट रोक्न हालको अस्थायी अरेजमेन्ट सोरुप कांग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएकोसमेत उहाँले दाबी गर्नुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्