विराटनगरमा २० वर्षपछि ‘नेपथ्य’ ब्याण्डको लाईभ कन्सर्ट हुने

विराटनगरमा २० वर्षपछि ‘नेपथ्य’ ब्याण्डको लाईभ कन्सर्ट हुने

विराटनगर । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ले विराटनगरमा २० वर्षपछि लाईभ कन्सर्ट गर्ने भएको छ ।

मानवसेवा आश्रमलाई सहयोग लागि ‘नेपथ्य’ले विराटनगरमा कन्सर्ट गर्ने भएको हो ।

मानवसेवा आश्रमले विभिन्न जिल्लामा निर्माणधिन शाखा भवनको लागि अक्षय कोष स्थापनाको लागि देशको प्रमुख शहरहरुमा ‘मानवताको लागि सङ्गीत’ कार्यक्रमहरु गर्ने कार्यक्रम अन्तर्गत नेपथ्यले विराटनगरमा पनि कन्सर्ट गर्न लागेको जनाएको छ ।

विराटनगर मानव सेवा आश्रमका संयोजक नवराज केसीका अनुसार ‘मानवताको लागि सङ्गीत’ सांगीतिक टुर मंसिर १६ गतेबाट शुरु हुनेछ । पुष १६ गतेसम्म चल्ने सांगीतिक प्रस्तुति देशको १० प्रमुख शहरहरुमा हुनेछ । जस अन्तर्गत विराटनगरमा मंसिर १६ गते लाईभ कन्सर्ट हुने संयोजक केसीले जानकारी दिए ।

नेपाली दर्शक तथ स्रोतामा रुचाइएको नेपाली व्याण्ड ‘नेपथ्य’को सांगीतिक प्रस्तुति मंसिर १६ गते विराटनगर, १९ गते विरगंज, २२ गते हेटौंडा, २५ गते नारायणगढ, नेपालगंजमा मंसिर २९ गते, पुष ३ गते धनगढीमा,६ गते सुर्खेत, ९ गते बुटबल, १२ गते पोखरा र कांठमाण्डौमा पुष १६ गतेका लागि तय गरिएको आश्रमका संयोजक केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्