होमवर्क नगरेको भन्दै निर्घात कुटपिटबाट महोत्तरीमा एक छात्रा घाइते

<span class='c1'>होमवर्क नगरेको भन्दै निर्घात कुटपिटबाट</span> <span class='c2'>महोत्तरीमा एक छात्रा घाइते</span>

औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्ययनरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा–६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ । छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

कक्षा–६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनीमाथि निर्घात कुटेको गरेको परिवारको आरोप छ । बालिकाको शरीरभरी लठ्ठीको सुम्ला छ । यसैको पीडाले ज्वरो आएको उपचारमा सग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।

विद्यालयले पनि शिक्षक यादवले कुटेको स्वीकार गरेको छ । कुटाईपछि हो–हल्ला भएपछि–अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ । ‘विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ ,’ बलिकाका बुबा साजेन्द्र महराले भने, ‘हामी शिक्षकलाई कडा कारबाही होस् भन्ने चाहान्छौँ ।’

‘शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन्उ,’ उनकी आमा सुन्दरकलाले भनिन् ।

प्रधानाध्यापक शिवशरण यादवले घटनामाथि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने पीडित पक्षलाई आश्वासन दिएका छन् । (नेपाल प्रेसमा खबर छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्