विराटनगर । छात्रा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा सुनसरीको वराहक्षेत्र ९ स्थित श्री सरस्वती माबिका शिक्षकलाई सुनसरी प्रहरी आवश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिएको छ ।
कक्षा ८ र ९ मा अध्यापन गर्ने शिक्षक डम्बर पइँकरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले आईतबार नियन्त्रणमा लिएको हो । आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राहरूको संवेदनशील अङ्गमा हात लगाउने र अस्वाभाविक कुराहरू गर्ने पीडित छात्राहरू तथा अभिभावकहरूको आरोप छ । पइँकराले निकै लामो समयदेखि छात्राहरूलाई गलत व्यवहार गदै आएको बिषयमा शुक्रवार विद्यालयमा आवाज उठाएका थिए । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रअले छलफल गरेर आरोपित शिक्षकलाई जोगाउन खोजेका थिए ।
आइतबार बिहान विद्यालयमा आरोपित शिक्षक र पीडित बिद्यार्थीहरु राखेर माफी मगाउन खोजिएपछि आक्रोशित विद्यार्थी अभिभावकहरू विरोधमा उत्रिएका थिए । प्रहरीले भने शिक्षकलाई तत्कालै पक्राउ गरेको थियो ।
घटनाको विषयमा त्रिपक्षीय छलफल भईरहेको छ । हाल नियन्त्रणमा रहेका शिक्षकसँग पनि घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले आवर विराटनगरलाई जानकारी दिनुभयो