पिपुल्स पावरको आईपीओ बाँडफाँट

पिपुल्स पावरको आईपीओ बाँडफाँट

काठमाडौँ । पिपुल्स पावर कम्पनीको साधारण शेयर (आईपीओ) आज दिउँसो बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी काठमाडौंमा आईपीओ बाँडफाँट गरिएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता आईपीओ २ लाख २९ हजार ४ सय ६६ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ता पाएका छन् । कम्पनीले साउन ३१ गतेबाट आज भदौ ५ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १६ लाख ३१ हजार ३८ जनाको आवेदन परेको थियो । ती मध्ये ७५ हजार ५ सय १३ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले २२ लाख ९४ हजार ६ सय ८२ कित्ता आईपीओ जारी गरेको हो । जारी पूँजी ६३ करोड २६ लाखको ४९ प्रतिशतले हुन आउने ३१ लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात ६ लाख ३२ हजार ६०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइ बिक्री गरिसकेको थियो ।

यस्तै बाँकी रहेको ३९ प्रतिशत मध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३६० कित्ता सामूहिक लगानी कोषलाई, कर्मचारीहरूका लागि २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता छुट्याएर बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता आईपीओ निष्काशन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्