पछिल्लो २४ घण्टामा थप २ सय २ जनामा कोरोना संक्रमण,१ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप २ सय २ जनामा कोरोना संक्रमण,१ जनाकाे मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय २ जनामा कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ८ सय ३३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाकाे मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप ५१ हजार २ सय ३४ जनाले लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्