उद्योग बाणिज्य महासंघ प्रदेश १ को भवन निर्माणका लागि जग्गा प्राप्त

उद्योग बाणिज्य महासंघ प्रदेश १ को भवन निर्माणका लागि जग्गा प्राप्त

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को भवन निर्माणका लागि जग्गा प्राप्त गरेको छ । विराटनगर वार्ड नं. ४ का लक्ष्मण बस्नेतले बुढिगंगा गाउँपालिका वार्ड नं. २ सक्मामा १ कठा जग्गा खरिद गर्दा ५० लाख पर्ने थप १ कठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघलाई सहयोग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक राजेन्द्र राउतको पहलमा जग्गा प्राप्त भएको हो ।

आइतबार आर्थिक मामिला मन्त्री प्रदेश नं. १, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठे नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकाल लगायत महासंघका केन्द्रिय सदस्य एवं प्रदेशका पदाधिकारीहरुको उपस्थितिमा जग्गा प्राप्ती सम्वन्धमा सम्झौता भएको छ ।
उक्त जग्गामा तीन महिनाभित्रै महासंघको भवन निर्माणको काम सुरु हुने भवन निर्माण संयोजक राउतले जानकारी दिएका छन् । जग्गामा करिब १६ हजार स्वायर फिटको चार तले सुविधा सम्पन्न भवन निर्माण गर्न महासंघले आवश्यक प्रक्रिया अघि बढाएको उपाध्यक्ष राउतले बताएका छन् ।

भवन निर्माणका लागि प्रदेश १ को चालु आर्थिक बर्षको बजेटबाट १ करोड रुपैयाँ महासंघलाई छुट्याइएको छ । भवन निर्माणका लागि नक्सा निर्माणको काम अघि बढेको र करीव ८ करोड रुपैयाँको लागतमा भवन निर्माणको तयारी भइरहेको उपाध्यक्ष राउतले जानकारी दिएका छन् । पहिलो चरणमा दुई तले कार्यालय, सभाहल एंव अतिथि गृह निर्माण गरिने जनाइएको छ ।
महासंघको भवन निर्माण गर्न आवश्यक सहयोगका लागि बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकासँग समेत आग्रह गरिएको सम्झौता पत्र हस्ताक्षर कार्यक्रमका अवसरमा जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्