खप्तड लघुवित्तको आईपीओमा साढे १८ लाखको आवेदन

खप्तड लघुवित्तको आईपीओमा साढे १८ लाखको आवेदन

काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि १२ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा १८ लाख ५० हजार १ सय ३२ जनाले २ करोड ४ लाख २२ हजार ४ सय कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो । कूल निष्काशन मध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको
थियो ।

सर्वसाधारणका लागि छुट्याएको १ लाख २३ हजार ४ सय कित्ता आईपीओ १२ हजार ३ सय ४० जनाले मात्रै १०–१० कित्ताका दरले पाउने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्