केन्यासँग नेपाल पराजित

केन्यासँग नेपाल पराजित

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको चौथो टी-२० अन्तर्राष्ट्रियमा नेपालले हार बेहोरेको छ। सोमबार नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल केन्यासँग ७ रनले पराजित भएको हो।

केन्याले दिएको सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो। कमजोर ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ४७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। नेपाललाई सस्तैमा समेट्न केन्याका रकिप पटेलले तीन विकेट लिए भने भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले दुई दुई विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनाएको थियो। केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स अबुयाले २० र कप्तान शेम एन्गोचेले १३ रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच ५ विकेट लिए भने आदिल अन्सारीले दुई तथा साहब आलम र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।नेपालको यस हारसँगै पाँच खेलको सिरिज २–२ को बराबरी भएको छ। नेपाल यसअघि पहिलो खेलमा पाँच विकेट र तेस्रो खेलमा चार विकेटले विजयी भएको थियो। तेस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो। अब टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेल मंगलबार हुने छ।

त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्