सरकारले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा गर्ने

<span class='c1'>सरकारले कोरोना बीमा दाबी भुक्तानीको</span> <span class='c2'>लागि रकम निकासा गर्ने</span>

काठमाडौं । सरकारले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा गर्ने भएको छ । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले अर्थमन्त्रालयबाट कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा हुने जानकारी गराएका हुन् ।

सोमबार बीमा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सिलवालले अर्थमन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा गर्ने अश्वासन दिएको बताएका हुन् ।

‘अर्थमन्त्रीले सचिवलाई बोलाएर एक अर्ब रुपैयाँ एक साता भित्रै पठाउन निर्देशन दिनु भएको छ । अर्थ सचिवले पनि मन्त्रीको निर्देशन अनुसार एक अर्ब रुपैयाँ एक साता भित्र पठाउने भनेका छन्' उनले भने, 'अर्थमन्त्रालयबाट रकम निकासा भएपछि बीमितले क्रमबद्द रूपमा दाबी रकम पाउछन् ।'

बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यसमध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । मेरो लगानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्