तीजले एकतावद्ध भएर अघि बढ्न महिलालाई प्रेरणा : अध्यक्ष ओली

<span class='c1'>तीजले एकतावद्ध भएर अघि बढ्न</span> <span class='c2'>महिलालाई प्रेरणा : अध्यक्ष ओली</span>

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वले सहिष्ण्ुाता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि एकतावद्ध भएर अघि बढ्न नेपाली महिलालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज तीज र गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तीजलाई महिलाले आफ्नो पीडालाई अभिव्यक्त गर्ने पर्वका रुपमा लिने गरेको उल्लेख गर्नुभयो । समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न पार्टीले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन स्वच्छता र पारदर्शिताको आन्दोलनलाई सफल बनाउन महिला दिदीबहिनीको बलियो साथ रहने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

“समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न एमालेले निर्धारण गरेको समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा मुलुकलाई पु¥याउन आवश्यक छ”, अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ, “हामी स्पष्ट नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना तथा आवधिक लक्ष्यसहित अघि बढिरहेका छौँ ।” रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्