तीजमा नाचगान गर्दा चट्याङ लागेर दुईजनाको मृत्यु

<span class='c1'>तीजमा नाचगान गर्दा चट्याङ</span> <span class='c2'>लागेर दुईजनाको मृत्यु</span>

देउखुरी । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताउनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्