घट्यो सुनको मूल्य

<span class='c1'>घट्यो सुनको</span> <span class='c2'>मूल्य</span>

काठमाडौं । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोको तुलनामा मूल्य घटेको जानकारी दिएको हो । जसअनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ रहेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८०० र तेजाबी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ कायम थियो ।

यसैगरी, बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा ११ सय ३० रुपैयाँ कायम छ ।

मंगलबार चाँदीको मूल्य तोलामा ११ सय ४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्