सान्चोको गोलमा युनाइटेडको लगातार तेस्रो जित

सान्चोको गोलमा युनाइटेडको लगातार तेस्रो जित

विराटनगर । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ ।

विंगर जेडान सान्चोको निर्णायक गोलले युनाइटेडले लिगमा लगातार तेस्रो जित निकालं सफल भएको हो ।

युनाइटेडले घरेलु टोली लेस्टर सिटीलाई १–० गोलले हराएको हो । युनाइटेडको जितमा सान्चोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले २३औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गर्न सफल भएका थिए ।

किङ पावर स्टेडियम लेस्टरमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले पाहुना टोलीलाई बल पोसेसन राख्दै दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

सुरुवाती दुई खेल गुमाएर युनाइटेडले त्यसपछि लगातार तेस्रो जित निकालेको हो । लगातार तेस्रो जितसँगै युनाइटेड ५ खेलबाट ९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पराजित लेस्टर १ अंक जोडेर पुछारमा छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्