विराटनगरमा हुदैछ डा. मुकुल ढकाल र सांसद निशा डाँगीको विवाह

<span class='c1'>विराटनगरमा हुदैछ डा. मुकुल ढकाल</span> <span class='c2'>र सांसद निशा डाँगीको विवाह</span>

विराटनगर मङ्सिर २ ,

राजनीतिक वृत्तमा लामो समयदेखि चर्चामा रहेको जोडी डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी अब वैवाहिक जीवनमा बाँधिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री ढकाल र नेतृ डाँगीले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्।

उनीहरूको विवाह आगामी मंसिर १० गते तय भएको छ। विराटनगर–३ दूधफारमस्थित मुकुल ढकालको घरमा विवाहको तयारी सुरु भइसकेको छ भने विवाह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट हुने तय भएको छ।

मुकुल र निशाको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो। अब भने उनीहरू जीवनको नयाँ यात्रामा सँगै अघि बढ्ने तयारीमा छन्।

मुकुल र निशाबीचको सम्बन्धबारे उनीहरूका निकटस्थ तथा पार्टीका केही नेताकार्यकर्ता लामो समयदेखि जानकार रहेको बताइएको छ।

निशा डाँगी २०७९ को निर्वाचनमा समानुपातिक सांसद बनेकी थिइन् भने २०८२ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्। उनी रास्वपाको केन्द्रीय नेतृत्वमा समेत छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्