‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट प्रदर्शनमा

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा चलचित्र एकैदिन रिलिज भएका छन् ।

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट प्रदर्शनमा आएका हुन् । सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’मा आकाश श्रेष्ठ, पूजा शर्मा, मुख्य भूमिकामा छन् । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगे दाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाललगायत कलाकारको अभिनय छ ।

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ‘सम्हालिन्छ कहिले मन’ले २६ र ‘झिँगे दाउ’ले २७ शो पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्