साफ च्याम्यिनसिपका लागि दुई राष्ट्रका खेलाडी काठमाडौँमा

<span class='c1'>साफ च्याम्यिनसिपका लागि दुई</span> <span class='c2'>राष्ट्रका खेलाडी काठमाडौँमा</span>

काठमाडौं । नेपालले दोस्रो पटक आयोजना गर्न लागेको साफ च्याम्पियसिपमा सहभागिता जनाउनका लागि दुई राष्ट्रका खेलाडी नेपाल आइपुगेका छन् ।

यही भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि भूटान र पाकिस्तानका खेलाडीहरु नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी सबै टोली आइतबारसम्म काठमाडौँ आइपुग्नेछन् ।

प्रतियोगितामा आयोजक नेपालसँगै भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी सात राष्ट्रको महिला राष्ट्रिय फुटबल टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको ‘ए’ मा नेपाल, श्रीलङ्का र भूटान छन् भने समूह ‘बी’ मा भारत बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

उक्त प्रतियोगिताको तयारीका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । उपाध्यक्ष खड्काले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।

एन्फाले उक्त प्रतियोगिताको टिकेटिङ, मार्केटिङ र बोर्डकास्टिङ अधिकार भने हन्ड्रेड स्पोर्टस् म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई बिक्री गरेको छ । प्रतियोगितामा खेल हेर्न भिआइपी प्याराफिटतर्फ रु पाँच सय र साधारण प्याराफिटतर्फ रु तीन सयको टिकट तोकिएको छ ।

उक्त प्रतियोगिता सपन्न गर्नका लागि कूल रु तीन करोड ४७ लाख ६८० खर्च लाग्ने आयोजकले जनाएको छ । यसमध्ये सहभागी टोली र म्याच अफिसियलको खानपिन र बसोबास खर्च दक्षिण एशियाली फुटबल सङ्घ (साफ)ले बेहोर्नेछ भने खेल मैदानको तयारी र स्थानीय यातायात तथा अन्य स्थानीय खर्च एन्फाले बेहोर्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्