विराटनगरस्थित परीक्षा कार्यालय :सेवाग्राही झ्यालबाट सेवा चिहाउने, कर्मचारी कुर्सीमा निदाउने

<span class='c1'>विराटनगरस्थित परीक्षा कार्यालय :सेवाग्राही झ्यालबाट</span> <span class='c2'>सेवा चिहाउने, कर्मचारी कुर्सीमा निदाउने</span>

प्रेम देवान
विराटनगर । सरकारी कार्यालयमा काम लिएर पुगेका सेवाग्राही झ्यालमा उभिएर भित्र चिहाईरहेका हुन्छन् । लाइनमा बस्छन्, पालो कुर्छन् र बल्ल आयो भन्दै झ्यालमा पुग्छन् । तर कर्मचारी भने कुर्सीमा बसेर निदाउँछन् । ‘पख्न्सु त कम्प्यूटर चलेन, सर्भर डाउन छ, हस्ताक्षर गर्नै बाँकी छ’ जस्ता कुराले अझै अल्झाउँछन् ।

यस्तै दृष्य विराटनगरको बरगाछीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड प्रदेश १, परीक्षा व्यावस्थापन कार्यालयमा शुक्रबार देखियो । मस्त सुतिरहेका कार्यालयका प्रशासन सहायक हरिदेव यादव कुर्सीमै निदाई रहेका थिए । सुतिरहेको समय थियो, दिउँसो १ बजे । शुक्रबारको दिन सेवाग्राही भने बाहिर झ्यालमा पर्खेर बसिरहेका थिए । कर्मचारीलाई सेवाग्राहीको कुनै मतलव नै थिएन ।

आवर विराटनगरको टिम उनी सुतिरहे कै स्थानमा पुगेर बोलाउँदा पनि उठेनन् । रातभरी जाग्राम बसे झैं उनी आनन्दले चप्पल खोलेर उपरखुट्टि लगाएर सुतिरहे । बल्लबल्ल उनको छेउमा बसेकी एक महिला कर्मचारीले हातले कोट्याँदा मात्र ब्यूँझे ।
‘सर निन्द्रामा पो हुनुहुन्छ ?’ भनेर सोध्दा काम केही छैन सुतेको म त भन्दै फेरी त्यही कुर्सीमा निदाई दिए । त्यसपछि कार्यालयका सुचना अधिकारी शालिग्राम दाहाललाई फोन गरेर सर तपाईको कर्मचारी त मस्त निन्द्रमा पो छन् त ! भनेर जानकारी गराउँदा ‘त्यसो हुन नसक्ने’ जवाफ आयो । उनले पत्रकारको विश्वास नै गरेनन् । त्यसपछि सुचना अधिकारी दाहाल र कार्यालयका निर्देशक युवराज पौडेलको कार्यकक्ष कोठामा पुगेर यादव सुतिरहेको भिडियो देखाएपछि मात्रै विश्वास गरे ।

आवर विराटनगरलाई पटक पटक सो कार्यालयको बारे जनगुनासो आएपछि शुक्रबार स्ट्रिङ्ग अप्रशेनमा पुगेका थियौ । कार्यालयको दृष्य हेरिरहँदा कोही मोवाईलमा टिकटक त कोही फेसबुक चलाईरहेका दृष्य देखिन्थे । भएका कोही कर्मचारी भने सेवाग्राहीलाई सेवा दिइरहेका थिए । तर, झड्किलो स्वभाव भने सबैको थियो । काम लिएर त्यहाँ पुगेका सेवाग्राहीलाई ती कर्मचारीको रुखोपना बोलिले गर्दा आक्रोसित बनेका थिए । सुन्दरहरैंचा मोरङकी ३० वर्षीया विमला सुब्बाले पटक–पटक दुःख भोगेको गुनासो गरेकी छिन् । हराएको मार्कसिट बनाउन पुगेकी थिईन् । उनीप्रति कर्मचारीले गर्ने व्यवहार एकदमै रुखोपन भएको भन्दै गुनासो गरेकी हुन् ।

आवर विराटनगरसँग दुखेसो पोख्दै उनले भनिन्– ‘तपाई हामीले तिरेको करबाट कर्मचारीले तलव भत्ता खाएका हुन्छन्, तर हामी प्रति गर्ने उनीहरुले गर्ने व्यवहार भने एकदमै तुच्छ किसिमको हुने गरेको छ ।’ यता राष्ट्रिय परीक्षा बोर्ड प्रदेश १ परीक्षा व्यवस्थापन कार्यालयका निर्देशक युवराज पौडेलले अहिले कामको चापले गर्दा कहिलेकाँही थकित भएर सुतेको हुन सक्ने दावी गरेका छन् । कार्यालय समयमा मस्त निदाउने कर्मचारीलाई कारबाही र सचेत गराउने विषयमा उनी मौन रहे ।

परीक्षा बोर्ड कार्यालयमा बिचौलिया हावी गराउन सेवाग्राहीले लिएर गएको काम कर्मचारीले हतपत नगर्ने गरेको गुनासो बढ्दै गएको छ । बिचौलियाले सेवाग्राहीसँग रकम लिने अनि काम गराउने गरेका कारण कार्यालयका कर्मचारी पल्केका छन् । जसका कारण सेवाग्राहीको काम लिएर आउने बिचौलियाको भटाभट काम गरेपनि आफैं उपस्थित भएका सेवाग्राहीले धेरै झन्झट बेहोर्नु परेको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्