अफगानिस्तान पठाईदिन्छु भनि रकम ठगी गर्ने एकजना पक्राउ

<span class='c1'>अफगानिस्तान पठाईदिन्छु भनि रकम</span> <span class='c2'>ठगी गर्ने एकजना पक्राउ</span>

काठमाडौं । अफगानिस्तान पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-२१ गितानगर घर भई काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालीका सञ्चालक रविन अधिकारी भन्ने ३९ वर्षीय रविन्द्र अधिकारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने गरी अफगानिस्तानमा सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएका थिए।

सम्पर्क विहीन अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ बसुन्धराबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्