मधेस प्रदेशका मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा

<span class='c1'>मधेस प्रदेशका</span> <span class='c2'>मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा</span>

जनकपुरधाम । मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई उहाँले आज आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो । निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताउनुभयो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहनुभएका झालाई आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ ।

मधेस प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उहाँ कार्यरत रहँदै आउनुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्