नारायण गोपालको “आँखा छोपी नरोउँ”बोलको गीत संस्कृत र नेवारी भाषामा सार्वजनीक

नारायण गोपालको “आँखा छोपी नरोउँ”बोलको गीत संस्कृत र नेवारी भाषामा सार्वजनीक

विराटनगर । नारायण गोपालको "आँखा छोपी नरोउँ"बोलको गीत संस्कृत र नेवारी भाषामा सार्वजनीक भएको छ।

नेपाली सांगीतिक क्षेत्रमा नौलो प्रयोग भएको छ स्वर सम्राट नारायण गोपालले गाउनुभएको "आँखा छोपी नरोउँ भने भन्नू पर्‍या छ "भन्ने गीतको संस्कृत र नेवारी भाषामा बुधबार सार्वजनिक भएको हो ।

जनकराज वाग्लेद्वारा दुवै भाषामा अनुवादित उक्त गीतको नेपाली मूल रचना गीतकार कालीप्रसाद रिजालको हो। भने मूल गायन तथा संगीत स्वर सम्राट नारायणगोपालकै रहेको छ । नयाँ संगीत संयोजन संगीतकार मनोहर सुनामको रहेको छ। गीतलाई संस्कृत भाषामा गायक मातृका आचार्यले गाएका हुन भने नेवारी भाषामा गायक दिपक स्वप्नीलले गाएका छन् ।

उक्त गीतलाई खबरी नेपालकाे आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनीक गीत हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्