प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

<span class='c1'>प्रधानमन्त्री र मन्त्रीले</span> <span class='c2'>लुकाए सम्पत्ति विवरण</span>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् ।

सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो ।

विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायतका सबै मन्त्रीहरुले सम्पत्ति विवरण सरकारद्वारा नै गोप्य राख्ने प्रयास गरिएको छ ।

२०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा जननिर्वाचित प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको शासन कालमा प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्तिको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा बसालिएको थियो । यो समाचार आजको राजधानीदैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्