टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजनाको मृत्यु

<span class='c1'>टिकटक बनाउने क्रममा भीरबाट</span> <span class='c2'>खसेर एकजनाको मृत्यु</span>

दाङ । टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका नवीन केसी शनिबार राति करिब नौ बजे भीरबाट खसेका थिए ।

प्रहरीका अनुसार मृतक केसी तुलसीपुर-७ का बासिन्दा हुन् । घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो ।

उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्