रंगेलीमा सीमाक्षेत्र निगरानी समिति

<span class='c1'>रंगेलीमा सीमाक्षेत्र</span> <span class='c2'>निगरानी समिति</span>

रबिन्द्र बराल
रंगेली । बाढीले सीमास्तम्भ बगाएपछि मोरङको रंगेली नगरपालिका–४ मा सीमाक्षेत्रका नागरिक सम्मिलित निगरानी समिति गठन गरिएको छ । सीमास्तम्भ नभएको दशगजा क्षेत्रमा संरचना बन्नसक्ने संभावनालाई मध्यनजर गर्दै निगरानीका लागि सीमा निगरानी समिति गठन गरिएको हो ।

रंगेलीको चोप्राहा नाका आसपासको क्षेत्रमा बक्राहा खोलाको बाढीले तीनवटा सहायक सीमास्तम्भ बगाएको थियो । सहायक सीमा स्तम्भ १६५÷३ (४७), १६५÷४(४८) र १६५÷५ (४९) विभिन्न समयमा आएको बाढीले बढाएको छ । यी सहायक सीमास्तम्भ आवश्यक समन्वयमा पुनः निर्माण गर्ने निगरानी समितिको पहिलो बैठकले निर्णय समेत गरेको छ ।

सशस्त्र प्रहरी बिओपी रंगेली र वडा नम्बर ४ को संयुक्त बैठक बसेर सीमाक्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण तथा दशगजा क्षेत्र अतिक्रमण रोक्ने निर्णय गर्दै स्थानीयमार्फत निगरानी गराउन समिति बनाइएको हो । जसको संयोजकमा वडा अध्यक्ष अवधेशकुमार मण्डल, सशस्त्र प्रहरी बिओपीका प्रहरी निरीक्षक निगम राई सदस्य रहनु भएको छ । समितिको सदस्यमा धर्मेन्द्रकुमार मण्डल, सोनु मण्डल, दिलिपकुमार साहलाई राखिएको छ ।

चाडपर्व नजिकँदै गरेकोले अवैध चोरी पैठारी, मानव बेचबिखन, हातहतियारको अवैध ओसारपसार जस्ता कामलाई नियन्त्रण गर्न निगरानी समितिले काम गर्नेछ । यसका लागि बिओपीको टोलिले नियमित गस्ती गर्ने, समितिका अन्य सदस्यले शंकास्पद अवस्थाका व्यक्तिको निगरानी गरेर सशस्त्र प्रहरीलाई जानकारी गराउने समितिले निर्णय गरेको छ ।

वडा अध्यक्ष मण्डलले सीमाक्षेत्रबाट हुनसक्ने संभावित अपराधका कामहरुलाई निस्तेज गर्न निगरानी समिति आवश्यक भएको बताउनुभयो । प्रहरी–नागरिक साझेदारीले मात्रै खुल्ला सीमाक्षेत्रमा हुने गतिविधि नियन्त्रण गर्न सकिने भएकोले समिति बनाएर एकिकृत योजना कार्यन्वयनमा ल्याउन लागिएको अध्यक्ष मण्डलको भनाई छ । बिओपीका प्रहरी निरीक्षक राईले नागरिकको सहयोगमा प्रहरीले सीमाक्षेत्रको निगरानीबाट सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सीमा क्षेत्र निगरानी समितिले नियमित सीमास्तम्भको निगरानी, अवैध गतिविधि र शंस्कास्पद व्यक्तिका गतिविधिमा ध्यान दिने र प्रहरीलाइ खबर गरेर चेकजाँच तथा कारवाहीमा लैजाने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्