नेपाली चलचित्र ‘राधा’ ‘साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट

नेपाली चलचित्र ‘राधा’ ‘साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट

नेपाली चलचित्र ‘राधा’ ‘साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट भएको छ । सुवर्ण थापा निर्देशित ‘राधा’ उक्त फेस्टिभलमा आउँदो नोभेम्बर ५ मा स्क्रिनिङ हुनेछ ।

नोभेम्बर ३ देखि १३ सम्म चल्ने फेस्टिभलमा निर्देशक थापा पनि सहभागी हुनेछन् ।

यसअघि, थापाले निर्देशन गरेको चलचित्र ‘सुनगाभा’ सन् २०१३ मा सोही फेस्टिभलमा छनोट भएको थियो । उक्त चलचित्रले ‘पब्लिक च्वाइस अवार्ड’ जितेको थियो ।

सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको ‘राधा’मा सौगात मल्ल, खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत, बुद्दि तामाङ, मेनुका प्रधानलगायत कलाकारको अभिनय छ ।

चाइना पफर्मेन्स इन्ड्रस्टिज एसोसिएसनको आयोजनामा हुने बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल, २०२२’ मा ‘राधा’ प्रदर्शनका लागि यसअघि नै छनोट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्