नेपाली पर्यटकलाई विदेशमा सहज घुम्न पाउने व्यवस्था गर्न नाट्टाको माग

नेपाली पर्यटकलाई विदेशमा सहज घुम्न पाउने व्यवस्था गर्न नाट्टाको माग

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले हालसालै जारी गरेको ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमतिसम्बन्धी कार्यविधि–२०७९’ ले नेपाली पर्यटकलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधान राखेको भन्दै त्यसलाई सच्याएर सहजरुपमा विदेश घुम्न पाउने व्यवस्था गर्न माग गरेका हुन् ।

सरकारले ल्याएको कार्यविधिले नेपाली पर्यटकको स्वतन्त्रतापूर्वक घुमफिर गर्न पाउने नैसर्गिक अधिकारलाई चुनौती दिएको नाट्टाले बताएको छ । “गैरकानुनी तवरबाट नेपाली नागरिकलाई विदेश लैजाने र अलपत्र पार्ने घटना नियन्त्रणमा सरकारले गरेको काममा नाट्टाको समर्थन रहेको छ, तर विदेश भ्रमणमा जान चाहने पर्यटक र भ्रमण व्यवस्थापन गर्ने पर्यटन व्यवसायीलाई निषेध र हतोत्साहित गर्ने नियतका साथ ल्याइएको कार्यविधिले पर्यटक व्यवसायी मर्कामा परेका छन्”, नाट्टाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्