नेप्सेमा गिरावट : बजार परिसूचमा सुस्ताता देखिंदा कारोबार रकम पनि १ अर्बबाट तल

नेप्सेमा गिरावट : बजार परिसूचमा सुस्ताता देखिंदा कारोबार रकम पनि १ अर्बबाट तल

साताको दोस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ४.२९ अंक (०.२२ प्रतिशत) ले गिरावट भएर १९७३.०१ अंकमा बन्द भएको छ ।

नेप्सेमा गिरावट हुँदा उत्पादन तथा प्रशोधन र लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचमा सुस्ताता देखिंदा कारोबार रकम पनि १ अर्बबाट तल झरेको छ । तर, आइतबार १ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार २४ लाख ४४ हजार ३३४ कित्ता सेयर किनबेच हुँदा ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ९ करोड ९६ लाख ९५ लाखको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख ७९ हजार र नबिल बैंकको ४ करोड ५६ लाख ५६ हजारको कारोबार भएको छ ।

यता रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ६.५५ प्रतिशतले गिरावट हुँदा आशा लघुवित्तको सेयर मूल्य ३.६६ प्रतिशत र जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.०४ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्